अहिलेसम्मकै धेरै क्षेत्रफलमा फैलिएको चट्याङ्ग र समयावधिको रेकर्ड सार्वजनिक

काठमाडौं,१८ माघ ।
एजेन्सी

अमेरिकामा दुई वर्षअघिको चट्याङ्गले अहिलेसम्मकै धेरै क्षेत्रफलमा फैलिएको चट्याङ्गको रेकर्ड बनाएको छ ।

सन् २०२० को अप्रिल २० तारिखमा अमेरिकामा परेको चट्याङ्ग आकासमा सात सय ७० किलोमिटरसम्म फैलिएको र यो नयाँ विश्व कीर्तिमान भएको संयुक्त राष्ट्र सङ्घको विश्व मौसम सङ्गठनलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

यो चट्याङ्ग मिसिसिपी, लुइसियाना र टेक्सासभरि फैलिएको थियो ।  यसअघि सन् २०१८ मा ब्राजिलको आकासमा सात सय १० किलोमिटरसम्म फैलिएको चट्याङ्गलाई विश्व रेकर्ड मानिएको थियो । यस्तै सन् २०२० मै समयावधिका हिसावले पनि सबैभन्दा लामो चट्याङ्गको रेकर्ड भएको छ ।

सन् २०२० को जुन १८ मा उरुग्वे र उत्तरी अर्जेन्टिनाको बीचमा १७ दशमलव एक सेकेण्ड लामो समयसम्म चट्याङ्ग परेको थियो । पहिले चट्याङ्गका रेकर्ड राख्नको लागि समस्या भए पनि पछिल्ला वर्षहरुमा विकसित भएका प्रविधिले चट्याङ्गको क्षेत्र र समयावधि मापनको लागि निकै सजिलो भएको विश्व मौसम सङ्गठनका प्रतिवेदक र्‍याण्डल सेर्भेनीले बताउनुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्