धादिङका एक सय १९ जना कोरोना संक्रमण मुक्त,१२ जनामा कोरोना पुष्टि

धादिङमा पछिल्लो २४ घण्टामा ११९ संक्रमित संक्रमण मुक्त भएका छन् भने थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज जिल्लाभर गरिएको ४० एण्टिजेन परिक्षणमध्ये नेत्रावती डबजोङमा ९ जना, ज्वालामुखीमा २ जना र बेनीघाट रोराङमा १ जना गरी १२ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

योसँगै जिल्लाको सक्रिय संक्रमित ४ सय ८९ पुगेको छ।संक्रमित मध्ये ४ सय ८० जना होम आइसोलेसनमा रहेका छन् भने ९ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।

धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ३० प्रतिशत पुगेको छ ।मंगलबार मात्रै ३७ संक्रमित थपिएका थिए। जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ३३६ पुगेको छ।

संक्रमित मध्ये ८ हजार ७८६ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्