नवजात शिशुको खातामा एक हजार जम्मा गर्दै धुनिवेशी नगरपालिका

धादिङको धुनिवेशी नगरपालिकामा मेयरसंग बालबालिका कार्यक्रम सुरु भएको छ ।नगरपालिका भित्रका बालबालिकाहरुको समस्याहरु पहिचान गरी त्यसको सम्बोधन गर्नको लागि कार्यक्रम सुरुवात गरीएको मेयर बालकृष्ण आर्चायले जानकारी दिनुभयो ।

मेयरसंग बालबालिका अन्तरगत २०७८ श्रावण महिना देखि अहिलेसम्म जन्मीएका नवजात शिशुहरुको घरमै पुगेर नगरपालिकाले नगद रु.१ हजारको चेकसहित नवजात शिशुको नाममा खाता खोलेर कार्यक्रमको सुरुवात गरिएको छ।

धार्केमा रहेको एन.सी.सी बैंकले नवजात बालबालिकाको घरमा पुगेर खाता खोल्ने गरेको छ।नगरपालिकाले नवजात शिशुको समयमै नाम वडा कार्यालयमा टिपाउन अनुरोध समेत गरेको छ ।

नगरपालिकाका मेयर घरमै आएर नवजात शिशुको नाममा एक हजार दिने भएपछि नागरिकहरु खुसि भएका छन् ।मेयर आर्चायले नवजात शिशुको घरमै गएर शिशु तथा आमाको स्वास्थ्य अवस्था बुझ्नुको साथै बालबालिकाको अधिकार र परिवारले खेल्नुपर्ने भुमिकाको बारेमा समेत जानकारी गराउनु भएको छ।

आज जन्मिएका बालबालिकाहरुनै भोली देशको उच्च ओहोदामा पुग्ने व्यक्ति भएको भन्दै मेयर आर्चायले बालबालिकाहरुको हकअधिकारको क्षेत्रमा परिवार सँगै नगरपालिकाले पनि काम गर्ने बताउनु भएको छ।

यसैगरी धुनिवेशी नगरपालिकामा उपमेयरसंग सुत्केरी आमा भेटघाट कार्यक्रम अन्तरर्गत नगरपालिका भित्र सुत्केरी भएका आमाहरुसँग पौष्टिक तत्व युक्त कोसेली सहित भेटघाट गरिएको उपमेयर निरु खरेलले बताउनु भएको छ ।

सुत्केरी अवस्थामा आवश्यक पर्ने पौष्टिक आहारसँगै स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउनको लागि सुत्केरी भेटघाट कार्यक्रम राखिएको खरेलले जानकारी दिनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्