मुख्यमन्त्री पाण्डेको संसद कोषबाट गल्छीको यी ५ योजनाहरुमा बजेट बिनियोजन

धादिङ,२० माघ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले संसद कोषबाट गल्छी गाउँपालिका भित्रका ५ योजनाहरुमा बजेट बिनियोजन गर्नुभएको छ।

धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ स्थित दलित बस्तीको खानेपानी आयोजनासँगै गल्छी गाउँपालिका भित्रका ५ वटा योजनामा बजेट बिनियोजन गर्नुभएको हो ।

गाउँ पालिकाले छनौट गरेका खानेपानी, सडक, विद्यालय भवन निर्माण, स्वास्थ्य क्षेत्रको सुधार लगायतको क्षेत्रमा मुख्यमन्त्री पाण्डेले बजेट बिनियोजन गर्नुभएको हो ।

गल्छी गाउँपालिका वडा नम्बर ८ को दलित बस्ती खानेपानी आयोजनाको लागि १५ लाख,वडा नम्बर ५ को कोईलीखर्क भुमिचुलि सडक निर्माणको लागि १९ लाख ५० हजार, वडा नम्बर ७ को सोलेभोट किर्तिछाँप सडक निर्माणको लागि १५ लाख, वडा नम्बर ७ को नमुना बागेश्वरी बहुमुखी क्याम्पसको भौतिक संरचना निर्माणको लागि २९ लाख ८० हजार, वडा नम्बर ६ को बैरैनी अस्पतालको लागि विभिन्न स्वास्थ्य सामाग्री खरिदको लागि १९ लाख ८० हजार रुपैँया संसद बजेट बिनियोजन गर्नुभएको हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्