कपास प्रशोधन उद्योगमा आगलागी हुँदा १४ लाखको क्षति

धादिङ,२० माघ।

नीलकण्ठ नगरपालिका–३ धादिङबेसीस्थित गणेशटोलमा रहेको धादिङ कपास प्रशोधन उद्योगमा बुधबार आगलागी भएको छ ।

आगलागी हुँदा कपास उद्योगमा पूर्णरूपमा क्षति भएको छ । आगोलागीबाट करिब १४ लाख बारबरको क्षति भएको उद्योग संचालक शंकर पौडेलले जानकारी दिनुभयो।

उद्योगमा एक्कासी राति १०ः३० बजेदेखि आगोलागि सुरु भएको थियो।

नीलकण्ठ नगरपालिकाको दमकल विग्रिएको कारण धुनिबेसी नगरपालिकाबाट बोलाईएको दमकल आउन ढिलाई हुँदा धेरै क्षति भएको संचालक पौडेलले बताउनुभयो।

स्थानीयवासी, प्रहरी र धुनिबेसी नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो । उद्योगले पुराना लत्ताकपडाबाट कपास उत्पादन गरेर सिरक डसना बनाउदै आएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्