माघमा भारी वर्षा र हिमपात,जनजीवन प्रभावित

धादिङ,२१ माघ।

नेपालमा माघमा निरन्तर वर्षा र हिमपात भएको छ । माघ लागेसँगै सुरु भएको वर्षा र हिमपात अन्तिम सातासम्म लाग्न थाल्दा पनि भइरहेको छ। 

बीचको केही हप्ता मौसममा सुधार देखिए पनि पश्चिम न्यूनचापीय वायुका कारण बदली हुँदा वर्षा र हिमपात भएको छ । बिहीबारदेखि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा परेको वर्षा र हिमपातले धादिङ सहित देशभरको जनजीवन कष्टकर बनिरहेको छ ।

 वर्षासँगै बढेको चिसोले बालबालिका र वृद्धवृद्धा तथा पशुचौपायालाई असर गरेको छ । उत्तरी धादिङको माथिल्लो भेगमा हिमपात भएको छ । अझै केही दिन मौसममा सुधार आउन समय लाग्ने मौसमविद्हरूले जानकारी दिएका छन् ।

मौसमविद्हरूले देशभरि नै भारी वर्षा भइरहेको जनाएका छन् । उनीहरूका अनुसार शनिबार बिहानसम्म मौसम बदली नै रहने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्