पछिल्लो २४ घण्टामा धादिङमा १० जनालाई कोरोना संक्रमण,२७ निको

पछिल्लो २४ घण्टामा धादिङमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २७ संक्रमित संक्रमण मुक्त भएका छन्।

आज जिल्लाभर गरिएको १२ एण्टिजेन परिक्षणमध्ये धुनिबेसिमा ५, निल्कण्ठमा २, ज्वालामुखीमा २ र गल्छीमा १ गरि १० जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

योसँगै जिल्लाको सक्रिय संक्रमित ३ सय ९१ पुगेको छ।संक्रमित मध्ये ३ सय ८३ जना होम आइसोलेसनमा रहेका छन् भने ८ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।

धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ८३ दशमलव ३ प्रतिशत पुगेको छ ।बिहिबार २६ संक्रमित थपिएका थिए। जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ३७२ पुगेको छ।संक्रमित मध्ये ८ हजार ९२० निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्