धादिङ,२२ माघ।
पछिल्लो २४ घण्टामा धादिङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४८ संक्रमित संक्रमण मुक्त भएका छन्।
आज जिल्लाभर गरिएको ३ एण्टिजेन परिक्षणमध्ये त्रिपुरासुन्दरी गाउँपालिकाका २ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। योसँगै जिल्लाको सक्रिय संक्रमित ३ सय ४५ पुगेको छ।
संक्रमित मध्ये ३ सय ३५ जना होम आइसोलेसनमा रहेका छन् भने १० जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्। धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ६६ दशमलव ६ प्रतिशत पुगेको छ ।
शुक्रबार १० संक्रमित थपिएका थिए। जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ३७४ पुगेको छ।
संक्रमित मध्ये ८ हजार ९६८ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।