धादिङमा कोरोनाका सक्रिय संक्रमित ३ सय ४५ बाँकी,२ संक्रमित थपिए

धादिङ,२२ माघ।

पछिल्लो २४ घण्टामा धादिङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४८ संक्रमित संक्रमण मुक्त भएका छन्।  

आज जिल्लाभर गरिएको ३ एण्टिजेन परिक्षणमध्ये त्रिपुरासुन्दरी गाउँपालिकाका २ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। योसँगै जिल्लाको सक्रिय संक्रमित ३ सय ४५ पुगेको छ।  

संक्रमित मध्ये ३ सय ३५ जना होम आइसोलेसनमा रहेका छन् भने १० जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।   धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ६६ दशमलव ६ प्रतिशत पुगेको छ ।

शुक्रबार १० संक्रमित थपिएका थिए। जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ३७४ पुगेको छ।  

संक्रमित मध्ये ८ हजार ९६८ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।              

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्