धादिङ सहित देशका धेरै ठाउँको मौसम खुल्यो

धादिङ,२२ माघ।

अहिले धादिङ सहित देशका धेरै ठाउँको मौसम खुलेको छ । देशका अधिकाशं स्थानमा हिजो र अस्ती वर्षासँगै हिमपात गराएको प्रणाली कमजोर हुँदै गएकाले मौसम खुल्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार हिजो र अस्ति वर्षा र हिमपात गराएको प्रणाली पश्चिम नेपालमा कमजोर हुँदै पूर्व पुगेको छ । यसले गर्दा पश्चिमको मौसम खुलेको भएपनि मध्ये र पूर्वी क्षेत्रको मौसम भने आशिंक बदली भएको छ ।

तर रातिसम्ममा यो प्रणाली कमजोर हुने भएकाले भोलि दिउँसो भने देशभर आंशिक बदलीदेखिसामान्यतया सफा रहने उहाँले बताउनुभयो ।

आज राति प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।

तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यसैबीच देशका अधिकाशं स्थानमा वर्षा र हिमपात भएसँगै अधिकतम तापक्रम पनि घट्दा चिसो बढेको छ ।चिसो बढेकाले स्वास्थ्यको ख्याल गर्न पनि महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्