नेपालमा हालसम्म संक्रमित हुने ११ लाख नाघे:थप १३ सय ८६ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा देशभर ९ हजार २५१ नमुना परीक्षण गर्दा १३ सय ८६ जना नयाँ सङ्क्रमित थपिदा ८ हजार ७०४ संक्रमित डिस्चार्ज भएका छन्।

देशभरका प्रयोगशालाबाट आज ६ हजार ४४३ जनाको पीसीआर गर्दा ११ सय ८३ जना र २ हजार ८०८ जनाको एन्टिजेन परिक्षणमा २०३ गरी १३ सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा.संगिता मिश्राले आज प्रेस बिफ्रिङका क्रममा बताउनुभयो।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार २४८ पुगेको छ। शनिबार १७ सय १४ संक्रमित थपिएका थिए।

यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख ६८९ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ९ हजार ३४३ पुगेको छ।यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ।

योसँगै सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ८१४ पुगेको मन्त्रालयकी प्रवक्ता डा.मिश्राले बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्