धादिङका थप ३ जनामा कोरोना संक्रमण,४६ संक्रमित संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा धादिङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४६ संक्रमित संक्रमण मुक्त भएका छन्।

जिल्लामा परिक्षण घटेसँगै संक्रमित हुनेको संङ्ख्या घटेको छ।आज जिल्लाभर गरिएको १० एण्टिजेन परिक्षणमध्ये गंगाजमुना गाउँपालिकामा २ र गजुरी गाउँपालिकामा १ गरि जिल्लामा आज ३ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

योसँगै जिल्लामा सक्रिय संक्रमित ३ सय २ जना बाँकी रहेका छन्।संक्रमित मध्ये २ सय ९२ जना होम आइसोलेसनमा रहेका छन् भने १० जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।

धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ३० प्रतिशत रहेको छ ।शनिबार २ संक्रमित थपिएका थिए।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ३७७ पुगेको छ।संक्रमित मध्ये ९ हजार १४ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्