चीनलाई नवौं पटक एसियन महिला कपको उपाधि

दक्षिण कोरियाबिरुद्ध पुनरागमन जित सहित चीनले एएफसी महिला एसियन कप फुटबलको उपाधि जितेको छ ।

मुम्बईमा आइतबार भएको फाइनलमा पहिलो हाफ २-० ले पछि परेको चीनले दक्षिण कोरियालाई ३-२ गोल अन्तरले हराउँदै नवौं पटक उपाधिमाथि कब्जा जमाएको हो ।

पछिल्लो पटक सन् २००६ मा उपाधि जितेको चीनको लागि  जियाली ताङ, लिनयान झाङ, युजीले गोल गरे । 

कोरियाको लागि चोई युरी र  जी सो युनले गोल गरेपनि उपाधी जिताउन सम्भव भएन । 

नेपाल भने प्रतियोगितामा छनोट हुन सफल भएन । नेपाल छनोट चरणबाटै बाहिरिएको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्