रोकिएको ट्रकमा कार ठोक्किँदा तीनजनाको मृत्यु

बुटवल, २४ माघ

सोमबार बिहानै सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुईजना घाइते भएका छन् ।

बुटवल उपमहानगरपालिका-१२ स्थित तामनगर नजिक कोरियन टेक्निकल कलेज अगाडि रोकिरहेको ना२ख ९७७२ नम्बरको ट्रकसँग लु३च ४४४२ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव निरीक्षक देवबहादुर बिष्टले बताए ।

दुर्घटनामा ज्यान गुमाउनेमा बुटवल-१३ का २८ वर्षीय सविन चौधरी, २६ वर्षीय गोबिन्द चौधरी र कारका चालक २७ वर्षीय नवीन श्रेष्ठ रहेकाे लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहन खाँणले जानकारी दिए ।

दुर्घटनामा बुटवल-१३ का २७ वर्षीय भागिरथ चौधरी र बुटवल-१२ का २८ वर्षीय अनिस जिसी घाइते भएका छन् । गम्भीर अवस्थाका उनीहरूको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना भएलगत्तै ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले दुर्घटनामा परी गम्भीर घाइते दुईजनालाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याएको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्