११ हजार ३६५ परीक्षणमा १५७० सङ्क्रमित थप:६१४६ संक्रमित निको

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३६५ नमुना परीक्षण गर्दा १५ सय ७० जना नयाँ सङ्क्रमित थपिदा ६ हजार १४६ संक्रमित डिस्चार्ज भएका छन्।

देशभरका प्रयोगशालाबाट आज ७ हजार ८७४ जनाको पीसीआर गर्दा १ हजार २२ जना र ३ हजार ३९१ जनाको एन्टिजेन परिक्षणमा ५४८ गरी १५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार १११ पुगेको छ। आईतबार १३ सय ८६ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख २ हजार २५९ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख १५ हजार ४८९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ।योसँगै सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ८२७ पुगेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्