सिद्धलेक गाउँपालिकाले भौतिक उपस्थितिमै विद्यालय संचालन गर्ने

धादिङको सिद्धलेक गाउँपालिकाले भौतिक उपस्थितिमै विद्यालय संचालन गर्ने भएको छ।

सोमबार बसेको गाउँ शिक्षा समितिको बैठकले गाउँपालिका भित्रका बिद्यालयमा भौतिक उपस्थितिमा पठनपाठनको लागि सम्पूर्ण पूर्व तयारी भईसकेको अवस्थामा फागुन १ गते अघिनै बिद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।

साथै दोस्रो त्रैमासिक परिक्षाको मौखिक परिक्षा तथा नतिजा प्रकाशनको काम सम्पन्न गर्न बाँकी भए माघ २५ गतेदेखी २८ गतेसम्म गरिसक्न र गाउँपालिकाभित्रका सबै विद्यालयहरुले कोभिड सम्बन्धी स्वास्थ्यको मापदण्ड पुरा गरि फागुन १ गतेदेखी शिक्षक तथा बिद्यार्थीको भौतिक उपस्थितिमै नियमित पठनपाठन सञ्चालन गर्न सुचनामा भनिएको छ । धादिङमा कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढ्दै गएपछि बन्द रहेको विद्यालय धमाधम खुल्न थालेका छन् ।

बेनिघाट रोराङ गाउँपालिकाका विद्यालयहरू आईतबारबाट सञ्चालन भएका छन् भने गजुरी गाउँपालिकाका विद्यालयहरु आजदेखी खुलेका छन्।यस्तै ज्वालामुखी गाउँपालिकाले पनि आईतबार सूचना जारी गर्दै आजदेखि गाउँपालिकामा रहेका सामुदायिक तथा निजी बिद्यालयहरु कोभीड–१९ सम्बन्धि स्वास्थ्य मापदण्ड पुरा गरि संचालन गर्न आग्रह गरेको थियो।

धादिङका केही पालिकाले सूचना जारी गर्दै भौतिक उपस्थिति मै पठनपाठन गराउन विद्यालयहरुलाई निर्देशन दिएका छन् भने केही पालिकाहरुमा सूचना अगावै विद्यालय संचालनमा आईसकेका छन्।आईतबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) बैठकले फागुन १ गतेदेखि विद्यालय संचालनमा ल्याउन सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्