देशभर थप १९५७ जनामा संक्रमण, संक्रमणका कारण ११ जनाको मृत्यु

धादिङ,२५ माघ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६९२ नमुना परीक्षण गर्दा १९ सय ५७ जना नयाँ सङ्क्रमित थपिदा ५ हजार १०३ संक्रमित डिस्चार्ज भएका छन्।

देशभरका प्रयोगशालाबाट आज ८ हजार ५८७ जनाको पीसीआर गर्दा १ हजार १८४ जना र ४ हजार १०५ जनाको एन्टिजेन परिक्षणमा ७७३ गरी १९ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ पुगेको छ। सोमबार १५ सय ७० संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख ४ हजार २१६ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख २० हजार ५९२ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ।योसँगै सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ८३८ पुगेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्