धादिङ,२५ माघ।
धादिङका आज १५ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ७७ संक्रमित निको भएका छन्।
जिल्लाभर गरिएको ३२ एण्टिजेन परिक्षणमध्ये निलकण्ठमा ८, गजुरीमा ३, धुनिबेसिमा २, नेत्रावती डवजोङमा १ र त्रिपुरासुन्दरीमा १ गरि जिल्लामा १५ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
योसँगै जिल्लामा सक्रिय संक्रमित १ सय ९९ जना बाँकी रहेका छन्।संक्रमित मध्ये १ सय ९० जना होम आइसोलेसनमा रहेका छन् भने ९ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।
धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ४६ दशमलव ८ प्रतिशत रहेको छ ।सोमबार ३२ संक्रमित थपिएका थिए।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४२४ पुगेको छ।संक्रमित मध्ये ९ हजार १६४ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।