धादिङमा आज ३२ परिक्षणमध्ये १५ को कोरोना पोजिटिभ,७७ जना निको

धादिङ,२५ माघ।

धादिङका आज १५ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ७७ संक्रमित निको भएका छन्।

जिल्लाभर गरिएको ३२ एण्टिजेन परिक्षणमध्ये निलकण्ठमा ८, गजुरीमा ३, धुनिबेसिमा २, नेत्रावती डवजोङमा १ र त्रिपुरासुन्दरीमा १ गरि जिल्लामा १५ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

योसँगै जिल्लामा सक्रिय संक्रमित १ सय ९९ जना बाँकी रहेका छन्।संक्रमित मध्ये १ सय ९० जना होम आइसोलेसनमा रहेका छन् भने ९ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।

धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ४६ दशमलव ८ प्रतिशत रहेको छ ।सोमबार ३२ संक्रमित थपिएका थिए।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४२४ पुगेको छ।संक्रमित मध्ये ९ हजार १६४ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्