कोरोना भाईरसको कारण समाजमा बढ्दो लाञ्छना र विभेद

सुदीप घिमिरे
धादिङ २९ बैशाख ।
पछिल्लो दुई÷तीन महिना यता बिश्वका मानव जातीलाई कोरोना भाईरसले चुनौती दिइरहेको छ । बालक देखि बृद्धा सम्म यसको सिकार भएका छन् । लाखौ मानसिहरुको निधन भईसकेको छ । कयौ व्यक्तिहरु उपचार लिइरहेका छन् भने हजारौ उपचार पछि घर फर्केका छन् ।यस रोगले मानव जातीलाई मानसिक र शारीरिक रुपमा गहिरो चोट पुर्याएको छ ।जसले डर, चिन्ता, र निराशालाई हटाए उनीहरु कोरोनासंगको लडाईमा सफल भएका छन् ।कसैले सोचेका थिएनन् सन् २०२० मा यस्तो महामारी हुनसक्छ भनेर । कोरोनाले विश्व मानवजातीलाई जोखिममा वनायो । कोरोनासंगको व्यवस्थापनमा नेपाल लगायत विश्व सबै राष्ट्रहरु लागि परेको छन् ।कोरोना भाईरस संगै सामाजिक लाञ्छना र विभेदको भाईरस समेत अगाडी बढिरहेको छ ।नेपाल पनि यस वाट अछुत्तो हुन सकेको छैन् ।फल स्वरुप रोगको परिक्षणमा आउन व्यक्तिहरु डराइरहेका छन् ।के कोरोना भाईरस लाग्नु लाज मर्दो बिषयहो ?यसलाई किन लाञ्छना र विभेदको बिषय वनाइएको छ ।सामान्यत यलाञ्छना भनेको एक त्यस्तो अवस्थाहो जहाँव्यक्तिले आफुलाई हिनताको आभास गराँउछ ।

व्यक्तिले लाज वा अपमानको महसुस गर्छ जुन सामाजिक रुपले अस्वीकार्य मानिन्छ । लाञ्छनामा “हामी” र “उनीहरु”भन्ने भावना बढी हुन्छ ।जसले गर्दा सामाजिक सम्बन्धमा दुरी श्रृजना हुन्छ । उदाहरणका लागि केही बर्ष पहिले एचआईभीको वारेमा नकारात्मक दृष्ट्रिकोण थियो । लाञ्छनाको परिणाम स्वरुप एचआईभीमा बाँचिरहेका व्यक्तिहरु अपमानित महसुस गर्थें । समाजले अस्वीकार गर्दथ्योँ । सामाजिक गतिविधिवाट बञ्चितहुन्थ्थेँ । शारीरिक र मानसिक हिंसाको सिकार भएका थिएँ । तर शिक्षाले बिस्तार एचआईभीप्रति सकारात्मक वनायो ।
कोरोना भाईरसका कारण व्यक्तिहरुले त्यस्तै नकारात्मक अनुभुति महसुस गरिरहेका हुन सक्छन् । व्यक्तिहरुलाई लाजमर्दो पार्ने खतरा हुन सक्छ । दोष दिने खतरा उत्तिकै छ ।भरखरै विदेशवाट आएका व्यक्ति, क्यारेन्टाइनवाट वाहिरिएका व्यक्ति,संक्रमित देखिएका परिवार, उसका आफन्त र परिक्षणमा संलग्न स्वास्थ्यकर्मीहरुलाई बढी लाञ्छना र विभेदको डर छ । त्यस्ता व्यक्तिले समुदायका व्यक्तिहरुले सहजै रुपमा स्वीकार गरेका छैनन् । अहिले संक्रमण नभए फेरी देखिन्छकी भन्ने डर समुदायका व्यक्तिहरुलाई छ ।कोरोना भाईरसकै कारण उनीहरुले पाउनु पर्ने अधिकार, र सामाजिक अवसरहरुको पुर्ण अनुभूतिको अभावमा बहिष्कृत हुनुको नतिजा विभेद हो । जसले गर्दा व्यक्तिलाई एक्लोपनको महसुस गराउँछ ।

समुदायले स्वीकार गदैनन तवव्यक्तिलाई चिन्ता, उदासिनता, आक्रोश आदि लक्षणहरु व्यक्तिले देखाउँन सक्छन् ।विगतको महामारीमा गरिएको अनुसन्धानले लाञ्छना र विभेदले गर्दा रोगको परिक्षण र उपचार गर्नआउन रोकेको वताइएको छ ।जो व्यक्तिहरु दुर्गममा छन् ।अशिक्षा छ ।सामाजिक डर र त्रास बढी छ । त्यस्ता समुदायमा मेडिकल हेरचाहको सम्भावना कम हुन्छ जसले गर्दा उनीहरु र अरुका लागि संक्रमणको जोखिम बढाउँछ । वन्दाबन्दीको समयमा पोखरा सेरोफेरोमा रेकर्ड गरिएका केही लाञ्छना र विभेदका उदाहरणहरु यस प्रकार छन् ।
उदाहरण १
दुबै तर्फ पक्की घरहरु ।वीचमा सानो गल्ली । गल्लीमा डोरी टागिँएको छ ।दिउसो ३ वजे पछि एक दुई गदै युवायुवतीहरु जम्मा हुन्छन् । पालै पालो खेल्न सुरु हुन्छ व्याडमिन्टन । उनीहरु छिमेकी भएकाले एक अर्कोसंग परिचित छन् । खेलको प्रकृया साँझ सम्म चलिरहन्छ । लकडाउन भन्दा पहिले छिमेकीभए पनि राम्रो वोलचाल थिएन् । तर लक डाउनले उनीको सम्बन्धमा प्रगाढ वनाएको मात्र नभई कोरोनासंगको लडाईमा पनि मिलेर लागेका छन् ।वन्दाबन्दीको समयमा३५ औं दिन मद्येश मुलका एक बालक प्रवेश गरेँ । उनीको उमेर अन्दाजी १०÷१२ बर्षको थियो । म पनि व्याडमिन्ट खेल्छु भन्दै आए । युवक र युवतीहरुको नजिक आए । युवकयुवतीहरु डराएँ । खेलनै बन्दभयो । को हो यो वालक ।कहाँ वाट आयो भनेर हल्लाखल्ला हुन थाल्यो ।उपस्थित खेलाडीहरुले उनलाई कसैले चिनेन् । कसैले भने “यो मधेशीहा”। कसैले “नेपागञ्जमा कोरोनाको संक्रमण बढेको छ।त्यही क्षेत्रबाट आएको होला भन्दै थिएँ ।” कोही कराउन थाले ।बालकले भन्दै “मलाई कोरोना लागेको छैन ।म पनि व्याडमिन्टन खेल्छु ।”कोराना भाईरस लाग्न सक्छ तिमी टाढा जाउँभन्दै थिए । कोही घरको छतवाट कराउन थाले । भाई तिम्रो घर कहाँ हो ?हल्लाखल्ला भयो । सोध खोज पछि थाहभयो उनी र उनको बुवाआमा लकडाउन भन्दाकेही समय अगाडी कोठा भाडामा बस्दै आएका रहेका छन् । उनको पहिचान खुल्यो ।उनले सहजरुपमा खेल्न पाए ।
उदाहरण २
पृथ्वी चोकमा एक महिलाको हात भाँचियो ।घरमै उनी लडिन् ।उपचारका लागि स्थानीय प्राइभेट अस्पतालमा पुगिन् । अस्पतालका स्वास्थ्यकर्मीले भाँचिएको हातको व्यवस्थापन भन्दा कोरोनाको लेखाजोखा गरेँ । जोरो जाँचे ।खोकी, रुघा कति दिन पहिले लागेको थियो भनेर सोधेँ । विदेशजानु भएको थियो भनेर प्रश्न गरेँ । आधा घण्टा कोरोनाको बिषयमा लेखाजोखा गर्न समय खर्चे । बल्ल परिक्षण गरेँ । डराई डराई ।स्वास्थ्यकर्मीले सोधखोज गर्नु र सुरक्षित रहने उपाय सही होला तर शारीरिक समस्यालाई लिएर समयमा उपचार नगरिदिदाँ खिन्न महसुस भयो ती महिलाको गुनासो थियो ।
उदाहरण ३
पोखराकै एक युवाले फेसबुकमा स्टाटस राखेँ । बन्दबदीको १० दिनमा । हाम्रो गाउँमा एक जना युवक विदेशवाट आएका छन् । उनको कोरोना परिक्षण कसैले गरेको छैन् । स्थानीय जनप्रतिनिधिको ध्यान जाओस । उहाँकै स्टाटसमा धेरैले प्रतिकृया दिए । उसको नजिक नजानु । क्यारेन्टीनमा राख्नु । पछि कुरा बुझ्दै जादाँ उनी नेपाल आएको ४ महिना भईसकेको रहेछ ।
उदाहरण ४
तीनचार जना बालकहरु खेल्दै थिएँ । एक वालकले केही समय खोकेँ । अर्को बालकले भने– “यसलाई कोरोनाले भेटे छ,भागौं भागौं ।”सवै जना भागेँ । आरोप लगाईएका बालक रुन थाले । ममिलाई कोरोना लाग्यो रेँ ।नेपालमा कोरोनाको संक्रमण तराई क्षेत्रवाट फैलन थालेकाले तराई मुलमा बासिन्दालाई नकारात्मक दृष्ट्रिले हेर्ने गरेको पाइएको छ ।उसले गर्दा व्यक्तिलाई मनोबैज्ञानिक समस्याहरु श्रृजनाहुन सक्छन् । तर कोरोनाले कुनै धर्म, जात, रंग भन्दैन् । धनि वा गरीव जसलाई पनि यो रोग लाग्न सक्छ । विभेद र पूर्वाग्राही कोरोनासंग सम्बन्धित छैनन् । लाञ्छना र विभेद, कोरोना भन्दापनि अर्को डर लाग्दो भाईरस बढ्न थालेको छ ।जसले हरेक समुदायको एकता, सम्बन्ध,विश्वास र आस्थामा चुनौती थपेको छ ।जात, अनुहारको रंगको आधारमा बिभेद र कलंकहरु लगाउन थालिएको छ । दीर्घ रोग वा अन्य कुनै रोग लागेमा पनि कोरोनाको संक्रमण भयो कीभनेर जोडेर हेर्ने थालिएको छ ।स्वास्थ्य क्षेत्रमाकाम गर्ने व्यक्तिहरुलाईपनि संक्रमण ल्याउन सक्ने भन्दै सहजै स्वीकार गरिदैन् ।
लाञ्छना र विभेद कसरी कम गर्ने ?
कोरोना भाईरससंग सम्बन्धीत लाञ्छना र विभेद कम गर्ने एक प्रभावकारी माध्यम् मनो शिक्षाहो । जसले व्यक्तिलाई रोगकोवारेमा बुझ्न सहयोग गर्छ । रोग सम्बन्धीत बिश्वास र हानिकारक धारणा हटाउन सहयोग गर्छ । जव सम्म व्यक्तिहरु कोरोना भाईरसका ेवारे सचेत हुदैनन तव सम्म सामाजिक लाञ्छना र विभेद रहिरहन्छ । त्यसैले तलका केही सुचना र व्यवहारहरुले यस्ता समस्या घट्न सहयोग गर्छ ।
१)स्थानीय जनप्रतिनिधिहरु र समुदायका व्यक्तिहरुले हरेक व्यक्तिलाई सम्मानित र प्रतिष्ठित व्यवहार गर्ने ।सकारात्मक व्यवहार गर्ने ।
२) कोरोना सम्बन्धीत संक्रमित व्यक्ति र क्यारेन्टाइनमा बसेका व्यक्तिहरु प्रति गरिने पुर्वधारणाहरु त्याग्ने ।उदाहरणका लागि कोरोनाको संक्रमण भएपनि हरेक व्यक्तिमा क्षमता हुन्छ । रोग जोकोहीलाई लाग्न सक्छ ।
३) समुदायका व्यक्ति र परिवारलाई सही जानकारी दिने । जानकारी दिदाँ कारोना भाईरस कस्तो रोग हो । कसरी सर्छ । रोगवाट बच्न के गर्ने । रोगको लक्षणहरु देखिएमा कसरी परिक्षण हुन्छ । कहाँगएर परिक्षण गर्ने । उपचारका लागि सम्भावित समय कति लाग्छ आदिवारे जानकारी दिने । व्यक्तिहरुलाई भेटेर वा स्थानीय पत्रपत्रिका, रेडियो प्रभावकारी माध्यमवाट सुचनाहरु दिन सकिन्छ । कोरोना भाईरसकोवोमा सचुनाहरु प्रशारण भएपनि व्यक्तिलाई लाग्न सक्ने लाञ्छनाका बिषयमा कम चासो दिइएको छ ।
४) कोरोना भाईरसको वारेमा समुदायमा गलत धारणा र बुझाई पाइएमा सत्य तथ्य कुराहरुकोे वारेमा खुलेर बोल्नुहोस् । संचारमाध्यम्हरुले पत्रकारिताको धर्म र मर्मको ख्याल गर्ने । सुचनाहरुको श्रोत खुलाउने ।
५) आफुलाई असुरक्षित गरेका व्यक्तिहरुका कुराहरु ध्यानदिएर सुन्ने । समस्याको पहिचान गर्ने । उहाँको समस्यालाई कसरी व्यवस्थापन गर्ने भन्नेर छलफल गर्ने ।
६) कोरोना भाईरसको परिक्षणमा संलग्न स्वास्थ्यकर्मीहरुलाई धन्यवाद र प्रेरणा दिने । उनीहरुको योगदानको कदर गर्ने । स्वास्थ्यकर्मीहरुले परिक्षण गर्नु पहिले र परिक्षणको नतिजा, हुन सक्ने मनोबैज्ञानिक प्रभावकोवारेमा राम्रोसंग जानकारी दिनु पर्छ । व्यक्तिहरुको नतिजाको परिणाम पक्का भए पछि मात्र जानकारीहरु सार्वजनिक गर्ने ।
७) सम्वन्धित व्यक्ति र उनीहरुको परिवारलाई सहि र सहयोगीजानकारीहरु दिने
८) व्यक्तिहरुको हक र अधिकारको संरक्षण गर्ने र जनचेतना फैलाउने ।

(प्रतिकृयाको लागि merosudip@gmail.com

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्