४६ एण्टिजेन परिक्षणमा धादिङका ११ जनामा संक्रमण पुष्टि

धादिङ,२६ माघ ।

धादिङमा आज ११ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ६२ संक्रमित निको भएका छन्।

जिल्लाभर गरिएको ४६ एण्टिजेन परिक्षणमध्ये धादिङ अस्पतालमा ८, गंगाजमुनामा २, निलकण्ठमा १ गरि जिल्लामा ११ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

योसँगै जिल्लामा सक्रिय संक्रमित १ सय ४८ जना बाँकी रहेका छन्।संक्रमित मध्ये १ सय ३९ जना होम आइसोलेसनमा रहेका छन् भने ९ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।

धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) २३ दशमलव ९ प्रतिशत रहेको छ ।मंगलबार १५ संक्रमित थपिएका थिए।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४३५ पुगेको छ।संक्रमित मध्ये ९ हजार २२६ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्