धादिङका थप नौ जनामा कोरोना संक्रमण,३७ जना संक्रमित डिस्चार्ज

धादिङ,२७ माघ।

पछिल्लो केही साता यता धादिङमा कोरोना संक्रमण घट्दै गएको छ।

आज ९ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ३७ संक्रमित निको भएका छन्। जिल्लाभर गरिएको ३० एण्टिजेन परिक्षणमध्ये ज्वालामुखीमा ३, धुनिबेसी २, गजुरीमा २, त्रिपुरासुन्दरीमा १ र गंगाजमुनामा १ गरि जिल्लामा ९ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

योसँगै जिल्लामा सक्रिय संक्रमित १ सय २० जना बाँकी रहेका छन्।संक्रमित मध्ये १ सय ११ जना होम आइसोलेसनमा रहेका छन् भने ९ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्। धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ३० प्रतिशत रहेको छ ।

बुधबार ११ संक्रमित थपिएका थिए। जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४४४ पुगेको छ।संक्रमित मध्ये ९ हजार २६३ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्