फागुन १ देखी स्थगित परीक्षा र कक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्न त्रिविको निर्देशन

काठमाण्डौ,२८ माघ।   त्रिभुवन विश्वविद्यालयले स्थगित गरिएका परीक्षा र कक्षा फागुन १ गते आईतबारदेखी भौतिक उपस्थितिमा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ ।  

त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले रोकिएका परीक्षा र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो ।  

क्याम्पस/विभाग/स्कुलमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी त्रिविले स्थानीय तहको समन्वयमा तोकेको समयसीमा र स्वास्थ्य मापदण्डभित्र रही जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवम् सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।  

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि त्रिविले माघ पहिलो हप्तादेखि सञ्चालन हुने परीक्षा स्थगन गरेको थियो । यसअघि सरकारले पनि पर्सिदेखि विद्यालय तहको कक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्