१८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको बुस्टर डोज

काठमाडौं,२८ माघ।

सरकारले फागुन एक गतेदेखि १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोपको बुस्टर डोज खोप दिने भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रालयको कार्यभार सम्हालेको १०० दिनका उपलब्धीहरु सार्वजनिक गर्दै आगामाी फागुन १ देखि यसअघि खोप लगाएर ६ महिना पुगेका सबै नागरिकलाई बुस्टर डोज खोप दिने बताउनुभएको हो।

उहाँले सरकारको पहिलो लक्ष्यका रुपमा रहेको कोरोना विरुद्धको खोप अभियानलाई मूर्तरूप दिन सम्पूर्ण संयन्त्र परिचालित गरिएको जानकारी दिनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्