बेनिघाट रोराङको कोस्राङ आविमा अभिमुखिकरण कार्यक्रम सञ्चालन

बेनिघाट रोराङ गाउँपालिकाको वडा नं १० को कोस्राङ आधारभुत बिद्यालयमा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

बिद्यालयमा बालबालिकाहरुको सिकाई उपलब्धि बृद्धि गराउन चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बिद्यालयमा संचालन गर्न लागेको सुनौलो भबिस्यका लागि शिक्षा कार्यकम अन्तरगत शुक्रबार कोस्राङ आवि यारवाङमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकोे हो ।

कोभिड संक्रमणको अवस्थालाई ध्यान दिदै नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको साबधानि अपनाएर कार्यक्रम संचालन गरिएको आयोजकले जनाएको छ।

बेनिघाट गाउँपालिका वडा नं १० का वडा सदस्य तथा बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष वकील बहादुर मगरको अध्यक्षता भएको अभिमुखिकरण कार्यक्रमा बिद्यालयहरुमा संचालन गर्ने क्रियाकलाप,प्रक्रिया बजेट प्रयास नेपाल धादिङका सहायक कार्यक्रम अधिकृत सुरज श्रेष्ठले सहभागीहरुलाई जानकारी दिनु भएको दिप्ति जोशीले बताउनुभयो।

अभिमुखीकरण कार्यक्रममा बालबलिकाको बिद्यालयसम्म पहुँच बढाउन, बिद्यालयमा बालबालिका उपस्थिति दर बढाउनुको साथै गुणस्तरीय बालबालिका सिकाई उपलब्धि सुधारका लागि बिद्यालयका व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा सरोकारवालाहरु आफ्नो काम कर्तव्य र उतरदायित्व जवाफदेही तथा जिम्मेवारी बोधसहित शिक्षणमा सहजताको लागि गाउँपालिकासँगको समन्वयमा कार्यक्रम संचालन गर्न लागिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष राम बहादुर चेपाङले अभिभाकहरूमा सचेतना मुलक कार्यक्रमको पनि एकदमै खाँचो रहेकोले बालबालिकाको भबिष्य राम्रो बनाउने तर्फ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको सहायक सुचना अधिकृत दिप्ति जोशीले जानकारी दिनुभयो। अभिमुखिकरण कार्यक्रममा २१ जनाको उपस्थिति रहेको थियो।

विद्यालयका शिक्षक शर्मिला बस्नेत लगायत बिद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघका पदाधिकारीहरुले कार्यक्रम अति आवश्यक भएको र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको जोशीले जानकारी दिनुभयो ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्