पछिल्लो २४ घण्टामा धादिङ २६ संक्रमित डिस्चार्ज, ४ जनामा संक्रमण

धादिङ,२९ माघ ।
धादिङका थप २६ जना कोरोना संक्रमित निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा धादिङ अस्पतालमा गरीएको ५ एन्टिजेन परिक्षण मध्ये ४ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ।

जिल्लामा अब सक्रिय संक्रमित ९४ जना बाँकी रहेका छन्।संक्रमित सबै होम आइसोलेसनमा रहेका छन्।

धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ८० प्रतिशत रहेको छ । शुक्रबार ८ संक्रमित थपिएका थिए। जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४५६ पुगेको छ।

संक्रमित मध्ये ९ हजार ३०१ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्