विश्वमा एकै दिन थपिए १८ लाखभन्दा बढी कोरोना संक्रमित

एजेन्सी

विश्वभर थप १८ लाखभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएका नमुना परीक्षणमा १८ लाख ४५ हजार मानिस संक्रमित भएको छ।

नयाँ थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै रसियामा २ लाख ३ हजार, ब्रजिलमा १ लाख ३४ हजार, फ्रान्समा १ लाख १८ हजार र जर्मनीमा १ लाख २० हजार छन्। यस्तै‚ अमेरिकामा ५९ हजार र भारतमा २८ हजार संक्रमित थपिएका छन्। यससँगै विश्वभर कुल संक्रमितको संख्या ४१ करोड ५४ लाखभन्दा धेरै पुगेको छ। तीमध्ये ३३ करोड ६३ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ हजार  ५१८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। तीमध्ये अमेरिकामा ८७३, ब्रजिलमा ८९२, भारतमा २५७, रुसमा ७२९ जना रहेका छन्। योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ लाख २७ हजार पुगेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्