ओसामा बिन लादेनलाई विदेशीले अफगान भित्र्याएका हुन् : कारजाई

काठमाडौँ,०२ फागुन ।

एजेन्सी

अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद कारजाईले ओसामा बिन लादेनलाई अफगानी नागरिकले अफगानिस्तानमा नल्याएको र विदेशीले अफगानिस्तानमा ल्याएको बताएका छन्।

काबुलमा पत्रकार सम्मेलन गर्दै पूर्व राष्ट्रपति कारजाईले अफगानिस्तानमा विदेशी शक्तिले लादेनलाई अफगानिस्तान भित्र्याएको दाबी गरेका हुन्। उनले  अन्तर्राष्ट्रिय बैंकहरुमा रोकिएको पैसा अफगानी नागरिकको भएको भन्दै केन्द्रीय बैंकमा फिर्ता गरिदिनु पर्नेमा जोड दिए। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा मानवीय र आर्थिक स्थितिलाई मध्यनजर गर्दै फ्रिज भएको ७ बिलियन डलर सम्पत्ति मध्ये साढे ३ बिलियन डलर फिर्ता दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेको पर्सिपल्ट कारजाईको यो भनाइ आएको हो। 

ह्वाइट हाउसले बाँकी साढे ३ बिलियन अमेरिकी डलर अमेरिकासँगै रहने र त्यो पैसा पेन्टागन आक्रमणका पीडितहरुको मुद्दाको अधिनमा रहेको बताएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्