कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ,०२ फागुन ।

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोगको प्रस्ताव दर्ता भएको विषय र अन्य विषया छलफल गर्न भोलि बिहान ९ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । 

नेपाली कांग्रेसका सांसदसहित सत्ता गठबन्धनका आठ सांसदको हस्ताक्षरमा हिजो प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि त्यसलाई संसदीय समितिमा छलफलको विषय बनाइनुपर्ने माग कांग्रेसभित्र उठेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्