धादिङमा तिनदिनको अवधीमा १०८ जनाको आँखाको अप्रेशन

धादिङमा आईतबारदेखि सुरु भएको ३ दिने शिविरमा १०८ जनाले आँखाको अप्रेसन गराएका छन् ।

जिल्ला सामुदायिक आँखा केन्द्र धादिङ र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौको वार्षिक कार्ययोजना अनुसार आईतबार, सोमबार र मंगलबार गरी १०८ जनाले आँखा अप्रेसन गराएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका प्रमुख रामसिंह तामाङले बताउनुभयो

आईतबार २२ जना, सोमबार ५६ जना र मंगलबार ३० जना गरी तीन दिनमा १०८ जनाको मोतियाविन्दुको अप्रेसन गरिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्