एक वर्षको अवधिमा २२४ नेपालीले साउदीमा ज्यान गुमाए,३५ जनाको उतै अन्त्येष्टि

गएको एक वर्षमा साउदीमा मात्रै दुई सय २४ नेपालीको ज्यान गएको छ।

सन् २०२१ भरीमा दुई सय २४ नेपालीले साउदीमा दुर्घटना लगायत विविध कारणले साउदीमा ज्यान गुमाएको साउदीमा रहेको नेपाली दूतावासले उल्लेख गरेको छ । ज्यान गुमाएका मध्ये एक सय ८९ जनाको शव स्वदेश ल्याइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्कार गरिएको छ ।

मृतक नेपालीले मृत्यु हुनुअघि साउदीमा पाउनु पर्ने ३३ लाख ८२ हजार ६ सय ६८ साउदी रियाल प्राप्त गरी दूतावासले स्वदेश पठाएको छ । विभिन्न समयमा सडक दुर्घटनामा परी ज्यान गुमाएका २०४ जना नेपाली कामदारको ब्लड मनी सम्बन्धी मुद्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलो अप गरिएको र अदालतमा दायर तथा सुनुवाइ भएका मध्ये ३७ मुद्दाको फैसला भएको छ ।

२४ वटा फैसलाबाट साउदी रियाल १३ लाख ८६ हजार ५ सय ब्लड मनी समेत प्राप्त भई मृतक कामदारको नाममा पठाइएको दूतावासले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्