धादिङका ४५ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भए(विवरणसहित)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा धादिङका ४५ सहित देशभरका ४ हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले देशभरका ४ हजार १ सय ५७ विद्यालय छनोट गरेको हो। कार्यक्रमका लागि धादिङबाट छनोट हुनेमा सबैभन्दा धेरै सिद्धलेकबाट १२ वटा विद्यालय छनोट भएका छन् भने,उत्तरी धादिङ रुबीभ्यालीबाट कुनैपनि विद्यालय छनोटमा परेनन् ।

धादिङबाट छनोट हुनेमा खनीयावासबाट ३ वटा, गंगाजमुनाबाट २ वटा, गजुरीबाट २, गल्छीबाट २, ज्वालामुखीबाट ५, त्रिपुरासुन्दरीबाट ३, थाक्रेबाट ४, धुनीबेसीबाट २, नीलकण्ठबाट ७, नेत्रावती डब्जोङबाट २ र बेनीघाट रोराङ बाट २ विद्यालय छन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत मन्त्रालयले ४ कोठे भवन ९ सय ७६, दुई कोठे भवन ९ सय ६६, आइसीटी ल्याब व्यवस्थापन २ हजार १ सय ६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गर्ने भएको छ।

मन्त्रालयले ४ कोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आइसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख ६ हजार, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट विद्यालयका लागि अनुदान १४ विद्यालयका लागि ३३ करोड ६० लाख र प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागि अनुदान ८८ विद्यालयलाई ८८ करोड रकम छुट्याइएको छ।

राष्ट्रपति शैक्षिक सुधारका लागि ७ अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ। विद्यालय छनोट गरी बाँकी १ अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने मन्त्रालयले जनाएको छ।

देशका ७ सय ३७ स्थानीय तहबाट १३ हजार ४ सय ७३ विद्यालयले प्रस्ताव पठाएका थिए। जसमा ७ हजार ९ सय ८६ विद्यालयले भवन निर्माण, ४ हजार २ सय ३५ विद्यालयले आइसीटी ल्याब, १ सय १७ विद्यालय नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १ सय ८८ र घेराबार खेलमैदानमा ९४७ विद्यालयले आवेदन दिएका थिए। तस्विर नलाङ मा.वि,सिद्धलेक–१ चरिमारे

यी हुन् धादिङबाट छनोटमा परेका बिद्यालय

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्