सुनचाँदीकाे भाउमा भारी गिरावट, कति छ आज प्रतितोला ?

काठमाडौँ,०४ फागुन ।

नेपाली बजारमा आज सुनचाँदीको भाउमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोलामा १ हजार ६ सय रुपैँयाले गिरावट आएर ९५ हजार १ सय रुपैँया कायम भएको छ । मंगलबार छापावाल सुन तोलाको ९६ हजार ७ सय रुपैँयामै कारोबार भएको थियो ।

बुधबार तेजावी सुनको भाउ तोलाको ९४ हजार ६ सय रुपैँया निर्धारण भएको छ । 

यसैगरी आज चाँदी भने प्रतितोलामा ३५ रुपैँयाले घटेर एक हजार २८५ रुपैँयामा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्