जोन्सन खोप लगाएकाले पनि बुस्टर डोज लगाउन मिल्ने

धादिङ,५ फागुन ।
कोरोना भाइरस विरुद्धको जोन्सन खोप लगाएकाले पनि अब बुस्टर डोज लगाउन सक्ने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सुचना जारी गर्दै जोन्सन (जे एण्ड जे) खोप लगाएका व्यक्तिहरुलाई ६ महिनापछि सोही खोप वा कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना वा फाइजर खोप लगाउन मिल्ने जनाएकोे हो ।

जोन्सन(जे एण्ड जे) खोप लगाएकाले के गर्ने भन्ने प्रश्न धेरैले गरेपछि मन्त्रालयले बुस्टर मात्रा लगाउन मिल्ने जानकारी दिएको हो । मन्त्रालयले उपलब्ध भएसम्म जे एण्ड जे नै लगाउन सल्लाह दिएको छ ।

जोन्सन(जे एण्ड जे) खोप लगाएका व्यक्तिले अन्यले जस्तै ६ महिना पुगेपछि बुस्टर मात्रा लगाउन मिल्छ ।

May be an image of text

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्