नेपाल विश्वकपमा पुग्ने आशा

काठमाडौं, ५ फागुन ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले नेपाल पुनः विश्वकपमा छनोट हुनेमा विश्वास व्यक्त गरेका छन् ।

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत आयोजक ओमानविरुद्धको खेल अघि भिडियो सन्देश मार्फत दासानायेके र लामिछानेले नेपालले यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुने विश्वास व्यक्त गरेका हुन् ।

ओमानविरुद्धको खेल अघि प्रशिक्षक दासानायकेले खेलाडीहरु फर्ममा रहेको बताए । कप्तान लामिछानेले नेपाल विश्वकप छनोटका लागि सक्षम रहेको विश्वास व्यक्त गरे ।

नेपालले आयोजक ओमानविरुद्ध शुक्रबार अल अमेरात क्रिकेट मैदानमा ग्लोबल छनोटको पहिलो खेल खेल्दैछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्