पछिल्लो २४ घण्टामा ४३७ जनामा संक्रमण,२४५४ संक्रमित निको

धादिङ,०६ फागुन। पछिल्लो २४ घण्टामा देशभर ९ हजार ९१ नमुना परीक्षण गर्दा ४ सय ३७ जना नयाँ सङ्क्रमित थपिदा २ हजार ४५४ संक्रमित डिस्चार्ज भएका छन्।   देशभरका प्रयोगशालाबाट आज ५ हजार १३३ जनाको पीसीआर गर्दा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परिक्षणमा १६२ गरी ४ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   यो सँगै देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४३५ पुगेको छ। बिहिबार ५ सय ७० संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १३ हजार ५४४ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ४८ हजार ७८४ पुगेको छ।   यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण २ जनाको मृत्यु भएको छ। योसँगै सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ९१३ पुगेको मन्त्रालयको तथ्याङकमा उल्लेख छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्