चार परिक्षणमा एक कोरोना पोजिटिभ,थप ११ संक्रमित संक्रमण मुक्त

धादिङ,०६ फागुन।   धादिङका थप ११ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।   पछिल्लो २४ घण्टामा धादिङ अस्पतालमा गरिएको ४ एण्टीजेन परिक्षणमा १ जनाको कोरोना पोजिटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । जिल्लामा अब सक्रिय संक्रमित ४६ जना बाँकी रहेका छन्।   संक्रमित मध्ये ४४ जना होम आइसोलेसनमा र २ जना धादिङ अस्पताल आइसोलेसनमा रहेका छन् । धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) २५ प्रतिशत रहेको छ । बिहिबार १५ संक्रमित थपिएका थिए ।   जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४८१ पुगेको छ। संक्रमित मध्ये ९ हजार ३७४ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्