टि २० विश्वकप ग्लोबल छनोट:नेपालले आज फिलिपिन्सको सामना गर्दै

नेपालले आइसिसी टि २० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत आज फिलिपिन्सको सामना गर्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाल र फिलिपिन्सबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।

नेपाल आज फिलिपिन्सलाई हराउँदै छनोटमा लगातार दोस्रो जित निकाल्न चाहन्छ भने फिलिपिन्स पहिलो जितको खोजीमा छ । नेपालले फिलिपिन्ससँग पहिलोपटक टि२० क्रिकेट खेल्न लागेको हो । 

शुक्रबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानमाथि ३९ रनको शानदार जित निकाल्न सफल भएको थियो भने फिलिपिन्स क्यानडासँग ११८ रनले पराजित भएको थियो । क्यानडा २ अंक जोडेर तालिकाको शिर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा छ । 

नेपालको टोलीः-

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, गुलशन झा, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल र लोकेश बम ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्