बैकिङ कसुरमा धादिङ चैनपुरका रमेश बहादुर पाठक पक्राउ

बैंकिङ कसुर मुद्दामा धादिङ चैनपुरका ४३ वर्षीय रमेश बहादुर पाठक पक्राउ परेका छन्।

बैंकिङ कसुर मुद्दामा २०७८ मंसिर २१ गते उच्च अदालत पाटनको फैसला अनुसार ७ लाख जरिवाना सुनाइ जरिवाना नतिरि फरार रहेको पाठकलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं स्थित GRIGABHUMI REAL STATE PVT.LTD का संचालक समेत रहेका पाठकलाई शुक्रबार काठमाण्डौं जिल्ला अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्