धादिङ,०७ फागुन। धादिङका थप ९ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा जिल्लामा परिक्षण नहुदाँ नयाँ संक्रमित नदेखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।जिल्लामा हाल सक्रिय संक्रमित ३७ जना बाँकी रहेका छन्।
संक्रमित मध्ये ३६ जना होम आइसोलेसनमा र १ जना धादिङ अस्पताल आइसोलेसनमा रहेका छन् ।बिहिबार १ संक्रमित थपिएका थिए । जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४८१ पुगेको छ।
संक्रमित मध्ये ९ हजार ३८३ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।