शनिबार धादिङका नौ कोरोना संक्रमित संक्रमण मुक्त,सक्रिय संक्रमित ३७ बाँकी

धादिङ,०७ फागुन।   धादिङका थप ९ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।  

पछिल्लो २४ घण्टामा जिल्लामा परिक्षण नहुदाँ नयाँ संक्रमित नदेखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।जिल्लामा हाल सक्रिय संक्रमित ३७ जना बाँकी रहेका छन्।  

संक्रमित मध्ये ३६ जना होम आइसोलेसनमा र १ जना धादिङ अस्पताल आइसोलेसनमा रहेका छन् ।बिहिबार १ संक्रमित थपिएका थिए । जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४८१ पुगेको छ।  

संक्रमित मध्ये ९ हजार ३८३ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्