शीर्ष स्थानमा उक्लिएको नेपालको विश्वकपमा पुग्ने सम्भावना कति ?

काठमाडौं, ७ फागुन ।

टी–२० विश्वकप छनोट अन्तर्गत ग्लोबल ए छनोटमा नेपालले दुई जित निकालेको छ । पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको नेपालले आज (शनिबार) फिलिपिन्समाथि १३६ रनको शानदार जित निकालेको छ । यस जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लीएको छ । तिन खेलमा दुई जित निकाल्दै ४ अंक जोडेको नेपालको रनरेट ४.३७५ रहेको छ । योसँगै नेपाल सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।

क्यानडा र ओमानले समान एक÷एक खेल जितेर २–२ अंक जोडेका छन् । फिलिपिन्स भने दुई खेलमा दुई हार व्यहोर्दै अंक बिहिन रहेको छ ।

नेपालले अब सोमबार अन्तिम खेलमा क्यानडासँग प्रतिष्पर्धा गर्नेछ भने ओमानले फिलिपिन्ससँग खेल्नेछ ।

शनिबार नै भएको खेलमा ओमानले क्यानडालाई पराजित गर्दै एक खेल अघीनै क्यानडाको सेमिफाइनल पुग्ने संभावनालाई रोकिदिएको छ ।

आगामी फागुन ९ गते (सोमबार) हुने खेलमा नेपालले क्यानडालाई पराजित गरे नेपाल समूह विजेता बन्दै सेमिफाइल पुग्नेछ । नेपाल क्यानडासँग झिनो अन्तरले पराजित भएपनि पनि सेमिफाइल पुग्नेछ । तर, ओमानले फिलिपिन्समाथि ठूलो जित निकालेमा र नेपालले क्यानडामाथि फराकिलो जित निकालेमा नेपाल प्रगियोगिताबाट बाहिरिनेछ ।

यस हारसँगै क्यानडाको रनरेट २.५१२ मा झरेको छ भने ओमानको माइनस ६.३५० मा रहेको छ । सेमिफाइनलमा जित निकाल्दै फाइनल प्रवेश गरे नेपाल अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा पुग्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्