भारतद्वारा अफगानिस्तानलाई पाँचौँ चरणको स्वास्थ्य सामग्री प्रदान

एजेन्सी, ८ फागुन।

भारतले अफगानिस्तानलाई पाँचौँ चरणको स्वास्थ्य सामग्री सहयोग गरेको छ । भारतले थप साढे दुई टन स्वास्थ्य सामग्री अफगानिस्तानलाई उपलब्ध गराएको समाचारसंस्था एएनआईले उल्लेख गरेको छ । भारतले पठाएको सहयोग सामग्रीमा कपडा पनि समावेश गरिएको भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले जानकारी दिएको एएनआईले जनाएको छ । उनले चाँडै खाद्य सहयोग पनि पठाउने स्पष्ट पारे ।

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि तालिबान सरकारले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन तर मानवीय सङ्कट बढ्दै गएपछि सहायता पठाउने क्रम चलिरहेको छ । भारतले अफगानिस्तानमा खाद्यान्न सहायता पनि पठाउन थालेको छ । अहिले अफगानिस्तानमा स्वास्थ्य सङ्कट बढ्नुको साथै खाद्य अभाव पनि चुलिएको बीबीसीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्