नेपाल र क्यानडा भोली भिड्दै, सेमिफाइनलमा कसको सम्भावना बलियो ?

काठमाडौं, ८ फागुन ।

टी–२० विश्वकप छनोट अन्तर्गत ग्लोबल ‘ए’ छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा भोली (सोमबार) क्यानडासँग प्रतिष्पर्धा गर्दैछ । ओमान स्थित अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजे सुरु हुँनेछ ।

नेपालले यसअघि लगातार दुई खेल जितिसकेको छ । पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको नेपालले शनिबार भएको खेलमा फिलिपिन्सलाई १३६ रनले पराजित गर्यो ।

सोमबार हुने समुह चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई पराजित गरे सेमिफाइनलमा पुग्नेछ । लगातार दोस्रो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले क्यानडसँग झीनो हार ब्यहोरेपनि सेमिफाइनलमा पुग्नेछ । तर, ओमानले फिलिपिन्समाथि ठूलो जित निकालेमा र नेपालले क्यानडामाथि फराकिलो जित निकालेमा नेपाल प्रगियोगिताबाट बाहिरिनेछ ।

तिन खेलमा दुई जित निकाल्दै ४ अंक जोडेको नेपालको रनरेट ४.३७५ रहेको छ । योसँगै नेपाल सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।

क्यानडा र ओमानले समान एक/एक खेल जितेर २–२ अंक जोडेका छन् । फिलिपिन्स भने दुई खेलमा दुई हार व्यहोर्दै अंक बिहिन रहेको छ ।

क्यानडाको रनरेट २.५१२ मा झरेको छ भने ओमानको माइनस ६.३५० मा रहेको छ । सेमिफाइनलमा जित निकाल्दै फाइनल प्रवेश गरे नेपाल अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा पुग्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्