एमसीसी टेबुल गरेकोमा सत्तारुढ दल माओवादीको विरोध

काठमाडौं, ८ फागुन ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले अमेरिकी सहायता परियोजना एमसीसीलाई संसदको कार्यसूचीमा राखेकोमा विरोध जनाएको छ । आइतबार संसद बैठक सुरु हुनासाथ समय माग गरेर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसीलाई कार्यसूचीमा राखिएकोमा आफ्नो पार्टीको विरोध रहेको बताएका हुन् ।

प्रमुख सचेतक गुरुङले आर्थिक अनुदानलाई संसदबाट पारित गर्ने परम्परा नभएको भन्दै एमसीसीलाई संसदबाट पारित गर्न नपर्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्