नेप्सेमा आज उच्च अंकको गिरावट, ४ अर्बको कारोबार

काठमाडौं, ८ फागुन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आज नेप्से ३९ दशमलव ४० अंकले घटेर २६ सय ९३ दशमलव १० विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स आज ४ दशमलव ९९ अंकले घटेर ५१३ दशमलव ६४ विन्दुमा थामिएको हो ।

आज २३० कम्पनीको ४ अर्ब ८६ करोड ४७ लाख ४ हजार ८२८ रुपैयाँ बराबरका ७१ लाख २२ हजार २९९ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्