एमसीसीले कम्युनिस्ट पार्टीहरु फुटको संघारमा

काठमाडौं, ८ फागुन ।

एमसीसी प्रतिनिधि सभामा टेबल भएको छ । सम्भवतः १६ फागुन अगावै निर्णयार्थ प्रस्तुत हुनसक्छ । यस्तो अवस्था आएमा कम्युनिस्ट पार्टीहरुभित्र मतभेदको सम्भावना बढ्नेछ । एमसीसी टेबल गरेकोमा नेकपा माओवादीभित्र तिव्र मतभेद बढेको छ । नारायणकाजी श्रेष्ठ प्रचण्डसँग रुष्ट भइसकेका छन् । नेकपा एसमा माधवकुमार नेपालसँग झलनाथ खनाल रुष्ट छन् ।

नेकपा एमाले एमसीसीबारे स्पष्ट छैन । तर, पारित गर्ने पक्षमा गएमा भीम रावलले विपक्षमा उभिने घोषणा गरिसकेका छन् । उनीसँग ५ सांसद खुलेका छन् । अन्य सांसद पनि भित्र भित्र साथ दिइरहेका छन् ।

एमसीसीले सबैभन्दा चुनौती माधव नेपाललाई परेको छ । उनी टेबल गर्ने पक्षमा उभिदा नै नेकपा एसमा ठूलै कम्पन आइसकेको छ । पारित गर्ने पक्षमा गएमा झलनाथ खनालले विद्रोह गर्ने संकेत गरेका छन् । त्यतिबेला नेकपा एस फुट्ने अवस्था बन्न सक्छ ।

माओवादी केन्द्रमा प्रचण्ड अप्ठ्यारोमा छन् । उनले गठबन्धन जोगाउन टेबल गर्ने सम्मको अवस्था बनाए । तर, निर्णयमा गएमा प्रचण्ड विपक्षमा जानुपर्ने वाध्यता हुनसक्छ । त्यसले गठबन्धन टुट्न सक्छ । प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा एमसीसी पारित गर्ने पक्षमा उभिएका छन् । यसका लागि उनले विकल्पमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गठबन्धन गर्ने तयारी नगरेका होइनन् ।

एमसीसीबारे निर्णय लिंदा माओवादीको साथ नभए या त ओलीको साथ लिनुपर्छ या त देउवा अप्ठ्यारोमा पर्न सक्छन् । ओलीले साथ दिएमा एमाले विभाजनको खतरामा पर्छ । भीम रावल विद्रोहको तयारीमा छन् ।

एमसीसीको विषयमा काँग्रेस भने एकतावद्ध छ । काँग्रेस एमसीसी पारित गर्ने पक्षमा छ । तर, काँग्रेससँग एमसीसी पारित गर्न बहुमत छैन । यसले नयाँ चुनौती भने ल्याउन सक्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्