धादिङमा कोरोनाका सक्रिय संक्रमित ३३ बाँकी,आज चार संक्रमित थप

धादिङका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार जिल्लामा गरीएको ७ एन्टीजेन परिक्षणमा त्रिपुरासुन्दरीमा २, ज्वालामुखी र गंगाजमुनामा १/१ जना गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

यस्तै आईतबार नै थप ८ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।हाल कोरोना संक्रमण दर ५७ प्रतिशत रहेको छ।
जिल्लामा हाल सक्रिय संक्रमित ३३ जना बाँकी रहेका छन्।

संक्रमित मध्ये ३२ जना होम आइसोलेसनमा र १ जना धादिङ अस्पताल आइसोलेसनमा रहेका छन् । जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४८५ पुगेको छ।संक्रमित मध्ये ९ हजार ३९१ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्