धादिङ कारागारका दुई जना कैदीको सजाय मिनाहा

प्रजातन्त्र दिवसको अवसरमा धादिङ कारागारमा रहेका दुईजना बन्दीको कैद सजाय मिनाहा भएको छ।दिवसको अवसरमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम देशभरका कारागारमा रहेका ५ सय १ जना बन्दीहरूको भुक्तान हुन बाँकी कैद सजाय मिनाहा गर्दा धादिङका २ जना बन्दी पनि परेका हुन्।

धादिङबाट ५ जना बन्दीहरु कैद सजाय मिनाहाको लागि पठाईए पनि ३ जनाको डकुमेन्ट पठाउँदा नागरिकता छुट भएकोले २ जनाको मात्रै कैद सजाय मिनाहा भएको जिल्ला कारागार धादिङका प्रमुख नइन्द्रकुमार पौडेलले बताउनुभयो।

कैद सजाय माफी पाउनेमा धादिङबाट १ महिला र एक पुरुष छन् भने, डकुमेन्टमा नागरिकताको प्रतिलिपि पेस नभएकै कारण कैद सजाय मिनाहामा नपरेका अन्य ३ जना विगत १४ वर्ष देखि कारागारमा रहेको जिल्ला कारागार धादिङका प्रमुख पौडेलले बताउनुभयो। कारागारमा हाल ३ सय भन्दा बढि कैदी र दुई जना आश्रित बच्चा रहेको कारागार धादिङले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्