स्थानीय तह र वडाको सिमाना तथा केन्द्र हेरफेर नहुने

आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचन अगावै विभिन्न स्थानीय तह र वडाको सीमाना, केन्द्र हेरफेर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परेका निवेदनहरू कार्यान्वयन नहुने भएको छ ।

स्थानीय तहको मिति घोषणा भइसकेको स्थितिमा ती निवेदनका बारे कुनै प्रक्रिया अघि नबढ्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वडाहरू एक अर्कामा गाभ्न र सीमाना परिर्वतनका लागि ५० वटा निवेदन परेको छ । २०७३ सालमा स्थानीय तहको पुनःसंरचना गर्ने क्रममा राजनीतिक दलले आफ्नो स्वार्थअनुरूप वडाको सिमाना र केन्द्र तोकेको भन्दै सोको हेरेफर गर्न निवेदन परेको बुझिएको छ ।  

स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि सो काम गर्नुपर्ने व्यवस्था भएकोले निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा कुनै पनि वडाको सिमाना हेरफेर नहुने मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्